Dhulikhel Eco Banner new

युनाइटेड इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

4.25K
shares

काठमाडौं, २७ कात्तिक । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नियामक निकाय बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।

कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आव २०७२/ ७३ पछि बल्ल लाभांश दिएको हो । सो आवमा कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।