यी हुन् आज सबैभन्दा बढी कारोबार भएका कम्पनी
वि.सं.२०७९ कात्तिक २८ सोमवार १५:२८
shares

काठमाडौं, २८ कात्तिक । आइतबार नेप्से परिसुचक २१ दशमलव २६ अंकले उकालो लागेको छ । परिसुचक १ दशमलव १३ प्रतिशतले वृद्धि भई १९०४ दशमलव ४३ को विन्दुमा पुगेको छ ।
आज दिनभर भएका १७ हजार ७ सय ६५ कारोबारबाट २२६ कम्पनीका २४ लाख ५२ हजार ८४ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ९४ करोड ६० लाख ८९ हजार ५ सय २१ पुगेको छ ।
आज १४८ कम्पनीको शेयर मुल्य बढेको छ भने ३१ कम्पनीको मात्रै शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ८४ कम्पनीको दरले कमाएका हुन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, बुद्धभुमी नेपालका लगानीकर्ताले ७ दशमलव २९ प्रतिशतका दरले कमाएका छन् । रिभर फल्स पावरका लगानीकर्ताले ७ दशमलव २५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ६ प्रतिशतका दरले गुमाएका हुन् ।















