GBIME

निफ्राको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

1.04K
shares

काठमाडौं, ३० कात्तिक । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को लाभांश सुरक्षित गर्ने आज कार्तिक ३० गते अन्तिम दिन रहेको छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज कार्तिक ३० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

बैंकले मङ्सिर १० गते बत्तीसपुतली स्थित अनुपम फुडल्याण्डमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।

निफ्राले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट ४.२१०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले स्वीकृत गरे पश्चात उक्त लाभांश सेयरधनीमा वितरण हुनेछ।