जनउत्थान सामुदायिक लघुवित्तको नाफामा गिरावट
वि.सं.२०७९ कात्तिक ३० बुधवार १०:१५
shares

काठमाडौं, ३० कात्तिक । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ७६ लाख ७४ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८.४५ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी ४४.६२ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ३२.५१ प्रतिशत घटेको छ ।
सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिमबापतको व्यवस्थामा २ करोड ७० लाख रुपैयाँ छुट्याएको छ । जसका कारण सञ्चालन मुनाफा २ करोड ६१ लाख रुपैयाँ ऋणात्मक भएको छ ।
असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ७५ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ५ पैसा रहेको छ ।
















