Dhulikhel Eco Banner new

गाङछेँपो हिमाल पहिलो पटक आरोहण

7.22K
shares

काठमाडौं, ३० कात्तिक । जुगल हिमश्रृंखला अन्तर्गत पर्ने गाङछेँपो हिमाल (६,३७८ मिटर) सिन्धुपाल्चोक जिल्लातर्फको मोहडाबाट पहिलोपटक आरोहण भएको छ ।

न्यू भिजन नेपालको आयोजना तथा गरिमा भोयज टुर्स एण्ड ट्राभल्सको समन्वयमा भिजन नेपालका ५ सदस्यहरु सोनु शेर्पा, रविन्द्र अर्याल, अशोक शर्मा भट्ट लालबहादुर वाइवा, र रामकाजी तिवारी हिमालको चुचुरोमा पग्न सफल भएका हुन् ।

८ हजारभन्दा माथि उचाइका विश्वजका १४ वटै हिमालको २ पटक सफल आरोहण गरिसकेका नेपालका चर्चित पर्वतारोही सोनु शेर्पा र संचालक समितिका सदस्य लालबहादुर वाइवाको टालीले कात्तिक २३ गते सुरु गरको आरोहणमा २७ गते चुचुरोमा पुग्न सफल भएको हो ।

दिगो पर्यटनद्धारा स्थानीय समुदायको भविष्य विकास गर्ने लक्ष्य लिएर हिमाल आरोहण तथा ट्रेकिङका लागि ल्यान्छिङ पासको रुट हुदै नयाँ बाटो खुलाउदै सिन्धुपाल्चोक र रसुवाको पर्यटन विकासमा नयाँ गन्तव्य विकास गर्ने योजना सफल रुपमा सम्पन्न् गरेको हो ।

इटालीका प्याराक्लाम्बिङ टोलीका विश्व च्याम्पियन सिमोन सालभाग्निन र सगरमाथा आरोही तथा अन्तराष्ट्रिय माउन्टेन गाइड लुका मोन्टानारी र डि एमिलिया, अलेसेन्ड्रो डेला मुरा मार्कोसहित नेपाली आरोहीको टोली कात्र्तिक १२ गते त्यस स्थान तर्फ प्रस्थान गरेका थिए ।

त्यसपछि टुपी डाँडा नोस्याङपाटी, पाँचपोखरी, छ्याक्स्याल, ल्याङसिङ भ्याली हुदैं दक्षिण बेसक्याम्पसम्म पैदल यात्रा गरेका थिए ।

टोलीको यस आरोहण अभियानलाई इटालीको एक प्रतिष्ठित कम्पनी मोन्टुरा आउटडोर कम्पनी पर्यटन बोर्ड नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल, माउन्टेन गाइड एसोसिएसन नेपाल, माछापछ्रे बैंक लगायतले यस टोलीको पर्वतारोहणलाई साथ दिएका थिए ।