Dhulikhel Eco Banner new

प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

4K
shares

काठमाडौं, ३० कात्तिक । प्रिमियर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कुल लाभांशमध्ये १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर रहेको छ ।

कात्तिक २९ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउनेछन् ।

अघिल्लो आवको मुनाफाबाट कम्पनीले गत वर्ष शेयरधनीलाई १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यसरी हेर्दा यस वर्ष कम्पनीले नगद लाभांशमा जोड दिएको छ ।