Mangaldeep Aagarbatti
GBIME

‘नेपालको झन्झटिलो प्रक्रियाले श्रमिक पठाउन समस्या भयो, यसको फाइदा अन्य देशले लिए’

1.43K
shares

काठमाडौं, १२ मंसिर । नेपालको अर्थतन्त्रलाई रोजगारीका लागि विदेशमा गएका नेपालीहरुले पठाएको रेमिट्यान्सले धानेको छ भनेर भन्ने गरिन्छ । रेमिट्यान्सले चलेको देशमा विदेशमा रोजगारीका लागि पठाउने जिम्मेवारी पाएका व्यवसायीहरुलाई भने सरकारले सौताको व्यवहार गरेको आरोप लाग्दै आएको छ । पछिल्लो समय वैदेशिक रोजगारीको अवस्था कस्तो छ ? फ्रि भिसा फ्रि टिकट कार्यान्वयन किन हुन सकेन लगायत विषयमा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र भण्डारीसँग केटिएम भ्वाइसकर्मी महेन्द्र शाहीले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय वैदेशिक रोजगारीको अवस्था कस्तो छ ?

वैदेशिक रोजगारमा लागेका व्यवसायीहरुका लागि अहिलेको समय प्रतिकुल नै रहेको छ । कोभिडको समयमाभन्दा केही सुधार भएको भए पनि सोचेजस्तो हुन भने सकेको छैन् । यसमा धेरै कारणहरु रहेका छन् । जसमा विश्वमा देखिएको आर्थिक मन्दी एक हो ।

पछिल्लो समय आर्थिक मन्दीका कारण श्रमिकको माग आउने क्रममा केही कमी आएको छ । जसबाट व्यवसाय कोभिड अघिको अवस्थामा भने पुग्न सकेको छैन् । यसले गर्दा नेपालबाट श्रमिक पठाउन समस्या भइरहेको छ । अर्का तर्फ कतारमा विश्वकप आयोजना भइरहेको समयमा कतारले पनि श्रमिक कटौति गरेको छ । साउदीमा आर्थिक मन्दी रहेको छ । खाडी मुलुक र मलेसिया नै नेपालीको मुख्य गन्तव्य हो । यी देशहरुमा नै कामदारको माग कम हुँदा केही मात्रामा समस्या आइरहेको छ ।

अर्को तर्फ नेपालबाट रोजगारीका लागि विदेश जाने प्रक्रिया नै निकै लामो रहेकाले पनि विदेशबाट आएका कोटा गुम्ने अवस्था सिर्जना भइरहेको छ ।

नेपालबाट अझै पनि अदक्ष श्रमिक नै विदेश गइरहेको अवस्था छ । दक्ष जनशक्ति पठाउनका लागि कसले के गर्नु पर्ला ?

नेपालबाट दक्ष जनशक्ति पठाउनका लागि सिप सिकाउन संस्थाहरु आवश्यक रहेको र हामी पनि दक्ष जनशिक्ति पठाउन सक्छौँ भनेर विदेशी कम्पनीलाई आश्वस्त पार्न सक्नु पर्ने देखिन्छ । अहिले विदेशी कम्पनीहरुले नेपाली श्रमिकमा विश्वास नै गर्न नसकेको अवस्था हो ।

यसका लागि हामीले सिप युक्त जनशक्ति उत्पादनमा ध्यान दिनु परो र त्यसलाई विदेशमा पठाउने वातावरण पनि निर्माण गर्न सक्नु पर्ने आवश्यकता देखिन्छ । जसबाट देशलाई र श्रमिक दुवैलाई फाइदा पुग्न सक्छ । अहिले कुनै पनि पहल समेत नभएको अवस्थामा केही मेहनत गरेको खण्डमा मात्रै पनि नेपालले धेरै लाभ लिन सक्ने अवस्था छ । यस तर्फ सरकार, व्यवसायी सबैले समन्वय गरेर अगाडि बढ्नु पर्ने हुन्छ ।

अब नयाँ सरकार बन्ने क्रम पनि सुरु हुँदैछ । नयाँ सरकारबाट व्यवसायीहरुको अपेक्षा के छ ?

सरकारसँग व्यवसायीको सधैको अपेक्षा भनेको व्यवसायीका समस्या समाधानका लागि पहल गर्नु पर्छ । सम्झौता भएका देशहरुसँगका सम्झौता कार्यान्वय र नयाँ देशहरुसँग सम्झौता गरेरे व्यवसायीलाई सहजता बनाउने काम गर्नु पर्छ ।

अर्को भनेको यो क्षेत्रका लागि बनेको कानुनहरुमा समेत सरकारले केही सुधार गर्नु पर्ने आवश्यकता छ । नयाँ आउने सरकारले यस तर्फ पनि ध्यान दिन सकेमा थप सहजता आउँछ । सरकार कस्तो र कसको बन्छ भन्दा पनि व्यवसायीका विषयमा सरकारले लिन नीति कस्तो हुन्छ भन्ने कुरा मुख्य हो ।

व्यवसायीलाई सधै नकारात्मक दृष्टिबाट हेर्न छोड्नु परो । सौताको व्यवहार गर्नु भएन् । अनुमति लिएर काम गरेका कम्पनीहरुलाई राज्यले सोही अनुसारको व्यवहार पनि गर्न आवश्यक छ ।

फ्रि भिसा फ्रि टिकटको व्यवस्था कार्यान्वयनमा किन ल्यान नसकिएको होला ?

यो व्यवस्था ल्याउँदा सरकारले कुनै पनि अध्ययन बिना नै ल्याएकाले समस्या भइरहेको छ । सरकारले रोजगारदाता देशसँग समन्वय गरेर कार्यान्वयनका लागि पहल गर्नु पर्ने हो । त्यसो हुन सकेको छैन् ।

अर्को तर्फ अहिले सेवा शुल्कमा व्यवसायीले काम गर्न सक्ने अवस्था पनि कम रहेको छ । हामीले श्रमिकले पाउने एक महिनाको तलब बराबरको सेवा शुल्क लिन पाउनु पर्छ भन्ने हो । तर राज्यले त्यसलाई सुनेको छैन् । राज्यले लिन भनेको रकममा व्यवसाय सञ्चालन गर्नै समस्या भएकाले केही दायाँ बाँया भएको हो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व लामो समय देखि खालि रहेको अवस्था छ ? यो अवस्था कि न आयो ?

व्यवसायीहरु बीचको आपसी समझदारी बन्न नसक्दा यो अवस्था आएको छ । निर्वाचनको मिति तय भएर पनि अन्तिम अवस्थामा भएको सहमति समेत तोडिएकाले नेतृत्व बिहीन अवस्था बन्न पुगेको हो । प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले नेतृत्वका विषयमा बारम्बार आवाज उठाइरहेको छ । अन्य संठगनले विभिन्न बखेडा झिकेका कारण समस्या भइरहेको छ ।

कुनै पनि साझा संघ नहुँदा व्यवसायीका हक हितका विषयमा पनि प्रष्ट रुपमा आवाज उठाउन सकिएको छैन् । सरकारसँग पनि व्यवसायीका विभिन्न संघ संस्थाबाटभन्दा साझा संस्थाबाट जाँदा सहज हुन्छ । यसका लागि पनि अब नयाँ नेतृत्व आउनु छिट्टै आउनु पर्छ ।

कोभिड लगायत कारणले निकै लामो समय रोकिएको संघको नेतृत्व अब छिट्टै चयन गर्नु पर्छ । अहिलेको अवस्थामा सहमतिमा नेतृत्व चयन गर्नु पर्ने आवश्यकता हो त्यो भएन भने लोकतान्त्रिक प्रक्रियाबाट समेत नयाँ नेतृत्व चयन हुनु पर्छ ।

National life Banner
Dhulikhel Eco Resort 1200*100