ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०७९ मंसिर १५ बिहीवार १२:५६
shares

काठमाडौं, १५ मंसिर । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीको लागि आवेदन दिएकाले उक्त शेयर बिक्रीमा ल्याइएको हो ।
शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा के(कति शेयर खरीद गर्ने हो सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।
सो अवधिमा संस्थापक शेयरधनीबाट कुनै पनि निवेदन नआएमा प्रचलित कानूनबमोजिम अन्य लगानीकर्तालाई शेयर विक्री गर्ने पनि कम्पनीले जानकारी दिएको छ ।
















