मितेरी डेभलपमेन्ट बैंकले १३ प्रतिशत लाभांश दिने
वि.सं.२०७९ मंसिर १९ सोमवार ११:०८
shares

काठमाडौं, १९ मंसिर । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आव २०७८/७९को लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।जसमध्ये १२ दशमलव ३५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि रहेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष १३ दशमलव ३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो ।
















