सनिगाड हाइड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल
वि.सं.२०७९ मंसिर २६ सोमवार १४:५२
shares

काठमाडौं, २६ मंसिर । सनिगाड हाइड्रो लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । सर्वसाधारणहरुको लागि निष्काशन गर्न लागिएको आईपीओमा सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।
रजिष्टर्ड कार्यालय धोवीघाट, ललितपुर रही बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको सनिगाड हाइड्रो लिमिटेडको सर्वसाधारणहरुको लागि निष्काशन गरिने १०० रूपैयाँ अकिंत दरको साधारण शेयर ६७ लाख ५० हजार कित्ता निष्कासन गर्न लागेको हो ।
उक्त शेयर आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकहरु तथा सर्वसाधारण समेतका लागि जारी गर्न लागिएको हो ।
साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीका अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच कम्पनीको रजिष्टर्ड कार्यालय धोवीघाट, लिलितपुरमा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएको छ ।
जारी पूँजी २ करोड २५ लाख रूपैयाँ रहेको सनिगाड हाइड्रो लिमिटेडको विद्युत उत्पादनको क्षमता ३८.४६ मे.वा. रहेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भई केहि साता भित्र विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।

















