GBIME

शिवम् सिमेन्टले १० प्रतिशत लाभांश दिने

870
shares

काठमाडौं, २९ मंसिर । शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २८ गते बुधबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले लगानीकर्तालाई कर सहित १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले आर्थिक बर्ष ७८/७९ को मुनाफाबाट चुक्ता पुंजी ४ अर्ब ४० करोडको १०.५३ प्रतिशतले हुन् आउने ४६ करोड ३३ लाख २० हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

कम्पनीले पुस २९ गते साधारणसभा बोलाएको छ भने साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।