लाभांश पारित गर्न एनएमबि बैंकले बोलायो साधारणसभा
वि.सं.२०७९ पुस १ शुक्रवार ०९:५०
shares

काठमाडौं, १ पुस । एनएमबि बैंक लिमिटेडले पुस २५ गते साधारणसभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने भएको छ । लाभांश पारित गर्नका लागि सो सभा बिहान ९ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ७५ हजार ९५९ रुपैयाँ २४ पैसाको ८.२५ प्रतिशत (कर प्रयोजनार्थ सहित) का दरले नगद लाभांश वितरण गर्ने, अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्ने तथा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने भएको छ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ११ गते बुकक्लोज गर्ने भएको छ।
















