GBIME

सुपर लघुवित्तलाई टेकओभर गर्ने बाटो खुल्यो, अदालतले दिएन अन्तरिम आदेश

4.69K
shares

काठमाडौं, १ पुस । सुपर लघुवित्त वित्तीय संस्थालाई टेक ओभर गर्न नेपाल राष्ट्र बैंकलाई बाटो खुलेको छ । गत भदौ अन्तिममा सुपर लघुवित्तलाई राष्ट्र बैंकले संकटग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरेको थियो । संकटग्रस्त संस्थाको रुपमा घोषणा गरी टेक ओभर गर्न सञ्चालक समिति विगठन किन नगर्ने भन्दै २२ भदौमा राष्ट्र बैंकले संस्थालाई स्पष्टिकरण समेत सोधेको थियो । ३५ दिनको समयसीमा दिएर राष्ट्र बैंकले स्पष्टिकरण सोधे पनि संस्थाका अध्यक्ष किरण चौधरी उच्च अदालत गए ।

उच्च अदालतमा रिट हाल्दै चौधरीले राष्ट्र बैंकको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारीको माग गरेका थिए । उच्च अदालतका न्यायाधीस रमेश ढकालले अन्तरिम आदेश दिन नमिल्ने फैसला गरेका हुन् । योसँगै टेकओभर गर्ने राष्ट्र बैंकलाई बाटो खुला भएको छ ।