Dhulikhel Eco Banner new

भ्याली एक्सप्रेसको सातौ चेन पुल्चोकमा

4.65K
shares

काठमाडौं, १ पुस । भ्याली ग्रुपको भगिनी संस्था भ्याली एक्सप्रेसले पुल्चोक, सम्झिखेलमा सातौ आउटलेट खोलेको छ। बुधवार सातौँ आउटलेट खोलेको हो ।

सुपथ मुल्यमा गुणस्तरिय मासुजन्य व्यापारको उदेश्यले २०४१ मा स्थापित भभ्याली ग्रुप ३१ वर्षपछि फाष्टफुडको ब्यापारमा प्रवेश गर्दै पहिलो आउटलेट चितवनमा खोलेको थियो।

प्रारम्भमा मासुजन्य व्यापारको उदेश्यले स्थापना भएको प्रालिले ३७ वर्षको दौरानमा मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग र आधुनिक ह्याचरी उद्योग समेत गरी पोल्ट्री व्यवसायलाई एकिकृत रुपमा सञ्चालन गर्दै चेन रेष्टुरेन्टमा प्रवेश गरेको थियो।

उपभोक्तालाई सुपथ मुल्यमा स्वस्थ मासु उपलव्ध गराउंदै आएको भ्याली ग्रुप अन्तराष्ट्रिय मापदण्ड कायम गर्दै शहरी उपभोक्तालाई सुपथ मुल्यमा गुणस्तरिय, स्वस्थकर र स्वादिलो तयारी खाना उपलब्ध गराउने उद्देश्य लिएर भ्याली एक्सप्रेसको ब्रान्डमा फाष्टफुड चेन रेष्टुरेन्टको क्षेत्रमा ६ बर्ष अघि प्रवेश गरेको थियो।

चितवनमा परिक्षणका रुपमा ७ वर्ष अगाडि शुरु भएको भ्याली एम्सप्रेसप्रति उपभोक्ताहरुको उत्साहजनक प्रतिकृया पाएपछि काठमाडौं उपत्यकामा प्रवेश गरेका थियौं । बालाजु नयाँबजारमा आफ्नै परिसरमा दोश्रो शाखाको स्थापना गरी बजारीकरण शुरु गरेको एक्सप्रेसले सातौँ शाखा पुल्चोकमा खोलेको हो।

भ्याली एक्सप्रेसमा अन्तराष्ट्रिय चेन रेष्टुरेन्टले उपयोग गरिरहेका प्रविधिको प्रयोग गरी ग्रिल्ड चिकेन, चिकेन वर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्न लगायतका स्वादिष्ट परिकार उपभोक्तालाई पस्किइ सन्तुष्ट बनाउने लक्ष्य रोखको निर्देशक बाबुराजा रावलले बताए ।

ुनेपालमा उत्पादन बढाई रोजगारको अवसर निर्माण गर्ने र सुपथ मुल्यमा स्वस्थकर मासुजन्य सामाग्रि उत्पादन गर्ने हाम्रो लक्ष्य होु रावलले भने।

भ्याली ग्रुपमा अहिले मासुजन्य व्यापारसंग सम्वन्धित मुलुकका विभिन्न स्थानमा कोल्ड स्टोर, फिड ईण्डष्ट्रीहरु, ह्याचरी उद्योगहरु, आधुनिक वधशाला र फाष्ट फुड चेनहरु सञ्चालनमा छन्।