Dhulikhel Eco Banner new

लाख नाघ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

5.02K
shares

काठमाडौं, ३ पुस । नेपाली बजारमा आज सुनको मूल्य ६०० रुपैयाँले बढेको छ । अघिल्लो दिन अर्थात शुक्रवार तोलाको एक लाख मुनि झरेको सुनको मूल्य आइतवार लाख नाघेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ५०० रुपैयाँमा कायम भएको छ । शुक्रवार सुन प्रतितोला ९९ हजार ९०० रुपैंयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन पनि चाँदी तोलाको १ हजार ३७० रूपैयाँमा कारोबार भएको थियो ।