Dhulikhel Eco Banner new

बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट, के तपाईलाई पर्यो ?

6.5K
shares

काठमाडौं, ३ पुस । बाराही हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीको शेयरमा १२ लाख ५८ हजार ४२१ जना योग्य आवेदकबाट एक अर्ब ४३ करोड ५१ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ५१ हजार ८३० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ ।

त्यस अनुसार शेयर वितरण गर्दा योग्य आवेदक मध्ये ११ लाख ९१ हजार २८४ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।