GBIME

पोखरा फाइनान्सले गर्यो लाभांश घोषणा, बोनस शेयर कति ?

2.18K
shares

काठमाडौं, ५ पुस । पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतले हुन आउने ४ करोड १६ लाख ३६ लाख ७९२ रुपैयाँ ५२ पैसा बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २१ लाख ८५ हजार ९३१ रुपैयाँ ६१ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस ४ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।