Dhulikhel Eco Banner new

नबिल बैंकको साधारणसभा पुस २९ गते, के-के छन् प्रस्ताव ?

4.86K
shares

काठमाडौं, ५ पुस । नबिल बैंक लिमिटेडले पुस २९ गते साधारणसभा आव्हान गरेको छ । बैंकले लाभांश प्रस्ताव पारित गर्न ३८ औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सभा सिल्भर ओक ब्याङ्कवेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा काठमाडौँमा बिहान १० बजे सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १८.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ११.५० प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर वा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।