अहिलेसम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजनाको इकाई बिक्री खुला
वि.सं.२०७९ पुस ७ बिहीवार १०:२२
shares

काठमाडौं, ७ पुस । एनआईबिएल एस क्यापिटलले हालसम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजनाको इकाईको बिक्रि खला गरेको छ ।
आज अर्थात पुस ७ गतेदेखि नयाँ सामुहिक लगानी कोष योजनाको इकाईको बिक्रि खुला गरेको हो । क्यापिटलले ’एनआईबिएल ग्रोथ फण्ड’ नामक सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गरेको हो । यस योजनाको आकार १ अर्ब ६० करोड र समयावधि १० वर्षको रहेको छ ।
क्यापिटलले प्रति इकाई अंकित मूल्य रु.१०÷– दरको १६,००,००,००० (सोह्र करोड ) इकाई मध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १६,००,००० (सोह्र लाख) इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड तथा १९ प्रतिशत अर्थात ३,०४,००,००० (तीन करोड चार लाख) इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात (तीन करोड बिस लाख) इकाई सुरक्षित राखि बाँकी न्यूनतम १२,८०,००,००० (बाह्र करोड असी लाख) इकाई सर्बसाधारणलाई बिक्रि खुल्ला गरेको हो ।
सर्बसाधारणले आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम १ करोड ६० लाख इकाईको लागि आवेदन दिन सक्ने छन् । आवेदन दिंदा छिटोमा पुस १२ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस २१ गतेसम्म आवेदन दिन सकिने छ ।
“एनआईबिएल ग्रोथ फण्ड” का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयावधि सम्म दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने क्यापिटलले जनाएको छ ।
“एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत यस अघि नै तीन वटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजना समेत संचालनमा रहेका छन् । “एनआईबिएल समृद्धि फण्ड –१” आफ्नो ७ वर्षे समयावधि पूूरा भई परिपक्क भईसकेको र उक्त योजनाले वार्षिक १८ प्रतिशत औसत प्रतिफल समेत वितरण गरिसकेको थियो । त्यस्तै अन्य दुई बन्दमुखी योजना, एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड –२ समेत संचालनमा रहेका छन् ।
















