त्रिभुवन विमानस्थलको उडान अवतरण सुरु
वि.सं.२०७९ पुस ७ बिहीवार १२:२८
shares
फाइल फोटो
काठमाडौं, ७ पुस । बिहानको समयमा लागेको बाक्लो हुस्सुका हट्न थालेसँगै त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान सुरु भएको छ । विहानको समय उडान नहुदा त्रिभुवन विमास्थलका लागि आएको एयर इन्डियाको विमानलाई बनारस डाइभर्ड गरिएको विमानस्थलका प्रवक्ता टेक नाथ सिटौलाले जानकारी दिए ।
मौसममा सुधार हुँदै गर्दा उडान सुरु भएपछि अहिले उडान र अवतरणको लागि विमास्थलमा निकै चाप रहेको प्रवक्ता सिटौलाले बताए । उनका अनुसार आन्तरिकतर्फ भने केही ठाउँमा अझै उडान हुन सकेको छैन । ‘मौसम खुले पछि उडान भइरहेको छ तर समय भने ढिलो हुन्छ, विहानको समयमा हुनु पर्ने कुनै पनि उडान हुन सकेनन् र त्यसको प्रभाव दिउँसोको उडानमा पर्छ,’ उनले भने ।
काठमाडौंको मौसम विहानै देखि बदलि भएको थियो । अहिले भने काठमाडौंमा घाम लागेको छ । तर घुस्सु भने कायमै रहेको छ । जाडो मौसममा काठमाडौंको मौसम परिवर्तन हुँदा उडान र अवतरणमा केही समस्या हुने गरेको प्रवक्ता सिटौलाको भनाइ छ ।
















