Dhulikhel Eco Banner new

सिद्धार्थ बैंकको ४६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

5.47K
shares

काठमाडौं, १५ पुस । सिद्धार्थ बैंकले संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ ।

कम्पनीले ४६ हजार ८६९ कित्ता संस्थापक शेयर राष्ट्रबैंकको प्रावधान अनुसार कम्पनीकै संस्थापक शेयरधनीलाई बिक्री खुला गरेकोमा सो अवधिमा कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेकाले सर्वसाधारणको लागि बिक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारण शेयरधनीले आजको मितिले ७ दिन भित्र आवश्यक कागजात सहित बैंकको केन्द्रिय कार्यालय हात्तीसार काठमाडौंमा निवेदन दिन सक्नेछन् ।