GBIME

रहेनन् वरिष्ठ पत्रकार मनिन्द्रलाल श्रेष्ठ

1.13K
shares

काठमाडौं, १५ पुस । वरिष्ठ पत्रकार मनिन्द्रलाल श्रेष्ठको निधन भएको छ । लामो समयदेखि क्यान्सरको उपचारमा रहेका श्रेष्ठको काठमाडौँको पेप्सीकोलास्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो ।

पाल्पाको वसन्तपुरमा जन्म भई राष्ट्रिय समाचार समितिमा रही मुलुकको पत्रकारिता क्षेत्रमा करिब तीन दशक सेवा गरेका ७९ वर्षीय श्रेष्ठका श्रीमती, तीन छोरी र एक छोरा छन्।

उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।