४ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति ?
वि.सं.२०७९ पुस २६ मंगलवार १२:१८
5.49K
shares
shares

काठमाडौं, २६ पुस । नेपाली बजारमा आज सुनको मूल्य ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ३ हजार ५०० रुपैयाँमा कायम भएको छ ।सोमबार एक हजारले बढेको सुनको मूल्य आज भने घटेको हो ।
आज चाँदीको मूल्य पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

















