GBIME

महालक्ष्मी विकास बैंकको नाफा ३० प्रतिशतले घट्याे

984
shares

काठमाडौं, ८ माघ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले पुस मशान्तसम्ममा ३१ करोड ६० लाख रुपैयाँ बढी नाफा कमाएको छ । गत वर्ष यही अवधिसम्म बैंकले ४५ करोड ६२ लाख नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य मुनाफा १० करोड ७८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष ३० प्रतिशतले घटेको हो ।

दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकले ८६ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । दोस्रो त्रैमाससम्म बैंकले ४५ करोड ३९ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

समीक्षा अवधिसम्म बैंकले ४७ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ९७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

गत वर्ष यही अवधिसम्म बैंकले ४२ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ९१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो । चुक्तापुँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा २ अर्ब २ करोड रुपैयाँ छ ।