GBIME

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संसोधन, बोनस शेयर कति ?

924
shares

काठमाडौं, ११ माघ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकोे यसअघि प्रस्तावित लाभांश संशोधन भएको छ ।

कम्पनीले यसअघि गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनमा संशोधन गरेको हो ।

गत माघ १० गतेको कम्पनीको सञ्चालक समितिको बैठकले ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३१ करोडभन्दा बढी रहेको छ ।

गत वर्ष ९ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो ।