कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०७९ माघ ११ बुधवार १०:५६
shares

काठमाडौं, ११, माघ । कुमारी बैंक लिमिटेडले ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले मनिला कुमारी अग्रवालको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्री खुला गरेको हो ।
यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
आवेदन कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौंमा पेश गर्नुपर्ने छ । विद्यमान संस्थापक शेयरधनीहरूबाट तोकिएको अवधिभित्र उल्लेखित शेयर खरीदको लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।















