GBIME

धनुषा प्रहरीको हिरासत फोडेर ६ जना अभियुक्त फरार

1.06K
shares

जनकपुरधाम, १६ माघ। धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका छन् । राति हिरासत फोडेर ६ जना अभियुक्त फरार भएका हुन् ।

हिरासतमा ७ जना थिए । जस मध्ये एकजना बाहेक सबै फरार भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रखीपबहादुर क्षेत्रीले पुष्टि गरे ।

उनका अनुसार दुईजना हातहतियार, तीनजना शान्तिसुरक्षा अभद्रव्यवहार, लागूऔषध र सवारी दुर्घटना मुद्दाका एकएक जना थिए । जस मध्ये सवारी दुर्घटनाको मात्र बाँकी रहेका छन् ।

इलाका प्रहरीको भवन पुरानो एवं पछाडि पट्टबाट जीर्ण रहेकाले फोडेर भाग्न सफल भएको प्रहरीको भनाइ छ ।