Mangaldeep Aagarbatti
GBIME

आत्मनिर्भर लघुवित्तको आईपीओ खुल्यो, क–कस्ले आवेदन दिन पाउने ?

1.1K
shares

काठमाडौं, १६ माघ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो चरणमा आईपीओ निष्काशन गरेको छ । पहिलो चरण अन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२ दशमलव ६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कुल कित्ता शेयरमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री गर्नेछ भने ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यी बाहेक बाँकी १ लाख ६९ हजार ७५५ कित्ता शेयर भने सार्वजनिक निष्काशनमा आउने छ ।

सर्वसाधारणमा निष्काशन गरिने कुल कित्ता आईपीओमध्ये माघ १६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूमा बिक्री गर्न लागेको छ । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूले फागुन १ गतेसम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा आईपीओ बिक्री पछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ सार्वजनिक निष्काशन ल्याउनेछ । सर्वसाधारणमा फागुन ११ गतेदेखि आईपीओ बिक्री गर्ने मिति कम्पनीले तय गरेको छ । सर्वसाधारणमा आईपीओ बिक्री खुला हुने मिति छिटोमा फागुन १५ गतेसम्मका लागि तोकिएको छ ।

छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि फागुन २५ गतेसम्म बिक्री लम्बिने मिति तय भएपनि कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र बिक्रीमा रहने निश्चित छ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले पनि कम्पनीको आईपीओ छिटो अवधिभित्र मात्र बिक्रीमा रहने निश्चित देखिएको हो ।

यो आईपीओ खरीदका लागि दुबै समूह अन्तर्गतका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।कम्पनीको शेयर निष्काशनतथा बिक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ ।

National life Banner