GBIME

नबिल बैंकको संस्थापक शेयर बिक्रीमा

1.03K
shares

काठमाडौं, १६ माघ । नबिल बैंक लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले यसअघि ५० हजार कित्ता र १ लाख कित्ता शेयर बिक्रीका लागि सूचना जारी गरेको थियो । उल्लेखित शेयर एकमुष्ठ रुपमा बिक्री गर्नका लागि कम्पनीले सोमवार पुनः सूचना जारी गरेको छ ।

प्रतिकित्ता रू. ४५० तोकिएको उल्लेखित कित्ता शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले आगामी सात दिनभित्र आवेदन दिन कम्पनीले भनेको छ ।

तोकिएको अवधिभित्र प्रतिकित्ता मूल्यसमेत अंकित गरी कम्पनीको केन्द्रीय कार्यालय तीनधारा, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने पनि उसले भनेको छ ।