Dhulikhel Eco Banner new

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

4.97K
shares

काठमाडौं, १६ माघ । सोमबार २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेरुडे लघुवित्त र शिखर इन्स्योरेन्सले भोली अर्थात माघ १७ गते बुकक्लोज गर्दैछन् ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउनुका साथै यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेरुडे लघुवित्तले माघ २८ गते, उद्योग संगठन मोरङ्गको सभाहल, विराटनगरमा बिहान ११ बजे १६ औँ वार्षिक साधारण सभा डाकेको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, शिखर इन्स्योरेन्सले माघ २५ गते, बुधबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा बिहान ११ बजे, १७ औँ तथा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ ।