GBIME

२ सय रुपैयाँले बढयो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

1.31K
shares

काठमाडौं, २४ माघ । मंगलवार स्थिर रहेको सुनको भाउ बुधवार (आज) फेरि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेर १ लाख ४ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै,चाँदीको मूल्य भने घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ३१५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ३२० रुपैयाँमा किनबेच भएको थियो ।