एशियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप
वि.सं.२०७९ फागुन २ मंगलवार ०९:५६
shares

काठमाडौं, २ फागुन । एशियन हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने समय थप भएको छ । फागुन २ गते अर्थात आजबाट बन्द हुने भनिएको आईपीओमा हिजो सार्वजनिक बिदा भएका कारण अझै एक दिन म्याद थप गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको आईपीओमा अब भोलि अर्थात फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अहिले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतका दरले हुने आउने ८ करोड ४० लाख रपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा र ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८०० कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।



















