नेवा आइडलका प्रतियोगिहरुले यसरी मनाए होली
वि.सं.२०७९ फागुन २३ मंगलवार ११:३१
shares

काठमाडौं, २३ फागुन । नेवा आइडलको आयोजनामा बसन्तपुरमा होली विशेष कार्यक्रम आयोजना गरेको छ । नेवा आइडलका शिर्ष १० प्रतियोगि र अन्य कलाकारहरुको सहभागितामा होली विशेष कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेवा आइडलका कलाकारका साथ अन्य कलाकाहरुको समेत प्रस्तुति रहेको आयोजक मनोज नेवा: खड्गीले जानकारी दिए । कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको आयोजनकले जनाएको छ । रङ्गहरुको पर्व होलीले भाइचारलाई र सदभाव कायम गर्न मतद पुर्याउने खड्गीको भनाइ थियो ।




















