कुनै पनि काम गर्दा पूर्व तयारी गर्नुपर्छ : पुर्व परराष्ट्र मन्त्री पौड्याल
वि.सं.२०८० वैशाख १७ आइतवार १४:२७
shares

काठमाडौं, १७ वैशाख । पुर्व परराष्ट्र मन्त्री डा. बिमला राई पौड्यालले हामीले कुनैपनि काम गर्दा पुर्व तयारी नगर्ने हाम्रो ठुलो कमजोरी रहेको बताएकी छिन् । उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे आयोजित अन्तक्रिया कार्यक्रमा उनले यस्तो बताएकी हुन् ।
उनले भनिन्,‘ परराष्ट्रमा हेर्ने हो भने कुनै पनि देशको अर्को व्यक्त्तिसंग कुराकानी गर्दै छौं भने त्यो देशको अवस्था कस्तो छ, हाम्रो इस्युजहरु के हुन् हाम्रा उद्धेश्यहरु के हो र हाम्रो पोजिसन के हो यस्ता खालका कुराहरुमा तयारी नहुँदा यस विषयमा हामी कमजोर छौं ।’
उनले राजनिति क्षेत्रमा पनि थोरै कुराहरुमा समस्या रहेको बताएकी छिन् ।















