बालेन १० हजारभन्दा बढी मत अन्तरले अगाडि
वि.सं.२०७९ जेठ ५ बिहीवार १०:३०
shares

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाह १० हजारभन्दा बढी मत अन्तरले अग्रता लिइरहेका छन् ।
प्राप्त परिणाम अनुसार साहले २१ हजार ६२२ मतसहित अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले ११ हजार ३६ मतसहित पछ्याइरहेका छन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी सिर्जना सिंहले १० हजार २६७ मत प्राप्त गरेकी छिन् ।
उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो मतले अन्तर बढाइरहेकी छिन् । उनले १९ हजार ९५६ मतसहित अग्रता लिँदा सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मतसहित पछ्याइरहेका छन् ।















