Dhulikhel Eco Banner new

मिड सोलु हाईड्रोपावरको बिक्री प्रबन्धकमा एनआई सी एशिया क्यापिटल

5.88K
shares

काठमाडौं, ५ जेठ । मिड सोलु हाईड्रोपावरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआई सी एशिया क्यापिटल नियुक्त भएको छ । ९.५ मेगावाटको मिड सोलु हाईड्रोपावरलाई आईपीओ जारी गर्ने चरणमा पुर्‍याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण शेयरको निष्कासन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआई सी एशिया क्यापिटललाई नियुक्ती गरेको हो । दुवै पक्ष बीच सम्झौता भएको छ ।

एनआई सी एशिया क्यापिटलले आईडिया टु आईपीओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनादेखि आईपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ । क्यापिटलले “आईडिया टु आईपीओ” सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई तत्काल आईपीओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको आईपीओ जारी गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण कानूनी प्रकृया तथा तयार गर्नुपर्ने सम्पूर्ण कागजातको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथासिघ्र आईपीओ जारी गर्न योग्य कम्पनी बनाइरहेको छ ।