Dhulikhel Eco Banner new

इप्पान चुनाव : चेम्बर अध्यक्ष मल्लको समर्थन कार्की समूहलाई

5.77K
shares

काठमाडौं, २९ जेठ । स्वतन्त्र उर्जा उत्पादकहरुकाे संस्था नेपाल (इप्पान) काे नयाँ नेतृत्वका लागि हुने चुनावमा चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गणेश कार्की समूहलाई सहयोग गर्ने भएका छन् ।

चेम्बर अध्यक्ष मल्लले साेमबार आरण्य बुटिक हाेटलमा आयाेजित कार्यक्रममा पुगेर कार्कीकाे प्यानललाई सहयोग गर्ने बताएका छन् । प्यानल घाेषणा कार्यक्रममा मञ्चै आसन ग्रहण गरेका मल्लले भाषण भने गरेनन् ।

कार्कीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माेहनकुमार डाँगी उम्मेदवार छन् भने पाँच उपाध्यक्षहरुमा आशिष गर्ग, भरत बहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी र उत्तम व्लाेन लामाले उम्मेदवारी घाेषणा गरेका छन् ।
संस्थाकाे महासचिवमा बलराम खतिवडा र उपमहासचिवमा प्रकाशचन्द्र दुलालले उम्मेदवारी घाेषणा गरेका छन् । संस्थाकाे सचिवका लागि भरत खड्का, विक्रम बिष्ट र भरत नेपालले उम्मेदवारी घाेषणा गरेका छन् भने काेषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घाेषणा गरेका छन् ।