एसियाड तयारी : नेपाली बक्सिङ टोलीको प्रशिक्षकमा भारतीय प्रशिक्षक शिव सिंह
वि.सं.२०८० जेठ २९ सोमवार १२:३९
shares

काठमाडौं, २९ जेठ । चीनको हाङझावमा हुने १९ औ एशियाली तयारीमा रहेका २६ जना नेपाली बक्सिङ्ग प्रशिक्षण सम्हाल्न भारतीय बक्सिङ प्रशिक्षक शिव सिंह नेपाल आएका छन । भारतका पूर्व प्रमुख प्रशिक्षक रहेका वरिष्ठ बक्सिङ्ग सिंहले विजेन्द्र सिंह, मेरी कोम लगायत थुप्रै विश्व च्याम्पियन मुक्केबाज उत्पादन गर्न सफल भएका छन् ।
सिंहले आगामी १९ औ एशियाली खेलकुदको तयारी टिममा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन । उनीसंगै प्रशिक्षणमा नेपाली बक्सिङ्गका मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, वरिष्ठ प्रशिक्षक प्रविण तुलाधर, आईवा थ्री स्टार प्रशिक्षक दीपक महर्जन, पूर्व मुख्य प्रशिक्षक प्रकाश थापामगर र राष्ट्रिय प्रशिक्षक राज श्रेष्ठ पनि रहेका छन् । प्रशिक्षण विहान र बेलुका दशरथ रंगशालामा भईरहेको छ ।
चीनको हाङझावमा हुने एसियाली खेलकुद आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुँदैछ् । नेपालले हालसम्म बक्सिङबाट एसियाली खेलकुदमा ६ काँस्य पदक मात्र जितेको छ ।

















