Dhulikhel Eco Banner new

कार्की प्यानललाई समर्थन गर्दै उमेश श्रेष्ठले भने- इप्पानमा सहमतिको नेतृत्व चाहिन्छ

10.67K
shares

काठमाडौं, २९ जेठ । व्यापारी तथा पूर्वमन्त्री उमेश श्रेष्ठले स्वतन्त्र उर्जा उत्पादकहरुकाे संस्था नेपाल (इप्पान) मा सहमतिको नेतृत्व आवश्यकता रहेको बताएका छन् । साेमबार गणेश कार्की नेतृत्वको प्यानल घाेषणामा समर्थन जनाउन आरण्य बुटिक हाेटलमा पुगेका पूर्वमन्त्री श्रेष्ठले सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका हुन् ।

उनले नेपालमा जलविद्युतकाे अथाह सम्भावना भएको भन्दै यसकाे सदुपयोगका लागि सबै लाग्नुपर्ने बताए ।
गणेश कार्की समूहकाे प्यानल घाेषणा कार्यक्रममा चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शैलेन्द्र गुरागाईं लगायत पुगेका थिए ।