Dhulikhel Eco Banner new

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

5.29K
shares

काठमाडौं, २९ जेठ । आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ रहेको थियो ।
तेजाबी सुनको मूल्य पनि एक सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य एक लाख ११ हजार ९ सय ५० रुपैयाँ रहेको थियो ।
यस्तै, चाँदीको मूल्यमा भने १० रुपैयाँ घटेको छ ।

चाँदी आज प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।