Dhulikhel Eco Banner new

हुन्डाईका विद्युतीय गाडी किन्न अब करिब १० प्रतिशत ब्याजदर

5.47K
shares

काठमाडौं, ४ असार । नेपालकोलागि हुन्डाईगाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन कोना र लोनिक्यु को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ ।

दिगोपन र पर्यावरण मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतामा हुण्डाईले प्रभु बैंक लिमिटेडसँग साझेदारी गरि एस्तो योजना ल्याएको हो। यस योजना अन्तर्गत इच्छुक खरिद कर्ताहरूले ९ दशमलव ९९ प्रतिशत ब्याजदरमा (पहिलो बर्ष को लागि) हुन्डाइल कोना र लोनिक्यु खरिद गर्न सक्नेछन्। बैंकको ३०१ वटै शाखा बाट छिटो छरितो र सहज ढंगबाट खरिदकर्तालाई यो सेवा उपलब्ध हुनेछ।

विद्युतीय सवारीसाधनमा बढ्दो चासोको गहिरो बुझाइका साथ, कम्पनीले हुन्डाइल कोना र लोनिक्य लक्षितगरी यो अफर ल्याएको हो ।

नेपालमा धेरै रुचाएको विद्युतीय गाडी हुन् र यी दुबै ईभीले ग्राहकको मन जित्न सफल भएका छन्। आफ्नो उत्कृष्ट डिजाइन, पर्फोरमंस र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ । हुन्डाइल कोना ३ वटा भेरियन्टमा उपलप्ध छ । कोना एनएसको मूल्य रु ६० लाख ९६ हजार ००० जिएल ६१ लाख ९६ हजार ००० र जिएलएस भेरियन्टको र ६४ लाख ९६ हजार ००० रहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १७ शोरुम तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । साथै ईभी चार्जिङ गर्नका लागि ४० भन्दा बदी स्थानहरूमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिदै आएको छ ।