Dhulikhel Eco Banner new

अमेरिकी डलरको मूल्य स्थिर, कुन देशको विनिमय दर कति ?

4.89K
shares

काठमाडौं, ११ असार । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज, अमेरिकी डलरको मूल्य स्थिर छ । आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४८ पैसा र बिक्री दर १६७ रुपैयाँ २५ पैसा रहेको छ ।  कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ४३ पैसा र बिक्री दर १४३ रुपैयाँ २८ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४६ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८६ रुपैयाँ रहेको छ ।

त्यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.०० रुपैयाँ रहेको छ भने बिक्री दर २८.१३ रुपैयाँ रहेको छ ।