Dhulikhel Eco Banner new

धितोपत्र बोर्डले गर्यो २ कम्पनीलाई कारबाही, सम्पन्न क्यापिटललाई १० लाख र श्रीकृष्ण सेक्यूरिटिजलाई ५० हजार जरिवाना

4.47K
shares

काठमाडौं, २३ साउन । नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई कारबाही गरेको छ । साउन ११ गते बसेको बोर्ड बैठक बोर्डको नियम उल्लङ्घन गर्ने दुईवटा कम्पनी सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपाल र श्रीकृष्ण सेक्यूरिटिजलाई नगद जरिवाना गराएको बोर्डले जनाएको छ ।

बोर्डले सम्पन्न क्यापिटललाई १० लाख जरिवाना गराएको छ । क्यापिटललाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०७६ को दफा १८(१) को व्यवस्थाको परिपालना नगरेकोले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ को दफा ७ फ को उपदफा (१) को खण्ड (ख्र) बमोजिम सूचक संस्थालाईलाई १० लाख रुपैयाँ जरिवाना गराएको जनाएको छ ।

यस्तै श्री कृष्ण सेक्यूरिटिजलाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम २६ को उपनियम (३) मा भएको व्यवस्था उल्लंघन गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) मा भएको व्यवस्था विपरित शेयर हस्तान्तरण गराएको देखिएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६)बमोजिम ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।