रेनु दाहालले सम्हालिन कार्यभार
वि.सं.२०७९ जेठ ११ बुधवार ०९:२५
4.49K
shares
shares

काठमाडौं, ११ जेठ । दोस्रो कार्यकालका लागि भरतपुर महानगरको मेयर पदमा निर्वाचित रेनु दाहालले पदभार ग्रहण गरेकी छिन् । मंगलबार सपथ लिएर बुधबार विहान रेनुले मेयरको जिम्बेवारी सम्हालेकी हुन् ।
नेकपा माओवादी केन्द्रकी नेतृ समेत रहेकी रेनु सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेको थिइन् । उनलाई हराउनका लागि भन्दै कांग्रेसकै जगन्नाथ ढकालले समेत बागी उम्मेदवारी दिएकी थिए । तर मूख्य प्रतिष्पर्धी एमालेका नेता विजय सुवेदीलाई १२ हजार भन्दा धेरै मतान्तरले पछि पार्दै रेनुले जित हात पारेकी हुन् ।


















