Dhulikhel Eco Banner new

दुई दिने विदा खारेज गर्न विनोद चौधरीको सुझाब

4.98K
shares

काठमाडौं, ११ जेठ । व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले २ दिन सार्वजनिक बिदा दिने निर्णय हटाउनु पर्ने बताएका छन् । मंगलबार अर्थसमितिको छलफलमा बोल्दै चौधरीले २ दिन सार्वजनिक विदा दिनुको साटो सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न सुझाव दिएका हुन् ।

‘एक वर्षमा १६५ दिनसम्म विदा हुने अवस्था आयो, त्यसैले सातामा २ दिन विदा दिने निर्णय खारेज गरौं,’ उनले भने । उनले अहिले पुँजीबजारमा साना लगानीकर्ता फसेको समेत बताए । उनले पुँजीबजार अर्थतन्त्रको ऐना समेत भएको भन्दै ऐन कानूनमा भएका व्यवस्थाका कारण आइपीओको चरणमा रहेका कम्पनीको प्रक्रिया नटुंगिएको समेत बताए ।

उनले बैंंकिङ प्रणालीमा तरलता बढाउन समेत सुझाव दिए । ‘सरकारले पुँजीगत खर्च नगर्ने र राष्ट्र बैकले ५०० अर्ब रुपैयाँ होल्ड गरेर राख्दा समस्या भएको छ,’ उनले भने ।