जनार्दन शर्माले पाए शिक्षा मन्त्रीको समेत जिम्मेवारी
वि.सं.२०७९ जेठ ११ बुधवार ०९:४१
shares

काठमाडौं, ११ जेठ । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत जिम्बेवारी पाएका छन् । शिक्षा मन्त्री रहेका माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल गत ७ गते नै वेलायत गएका थिए ।
शिक्षा सम्बन्धी अन्तर्राष्ट्रि सम्मेलनमा भाग लिन मन्त्री पौडेल विदेश गएपनि मन्त्रालय नेतृत्व विहीन बनेको थियो । केही दिनको लागि मात्रै विदेश जादा अर्को मन्त्रीलाई जिमबेवारी दिने चलन छैन । तर मन्त्री पौडेल एक साता भन्दा लामो समयसम्म विदेशमा रहने भएकाले तत्कालका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयको जिम्बेवारी शर्मालाई दिएका हुन् ।
‘भ्रमण अलि लामो भएकाले मन्त्रीबाट हुने काम यहाँ नरोकियोस् भने सम्माननीय ज्यूले अर्थमन्त्रीलाई यस्तो जिम्बेवारी दिनु भएको हो’ प्रधानमन्त्री कार्यालय श्रोतले भन्यो, ‘माननीय देवेन्द्र पौडेल नआउञ्जेलसम्मका लागि मात्रै यस्तो जिम्बेवारी तोकिएको हो ।’


















