Dhulikhel Eco Banner new

नविल बैंक ‘एक्स्क्लुसिभ लिग’ तालिकाको १४ औँ स्थानमा

8.26K
shares

काठमाडौं, १३ जेठ । नबिल बैंक एक्स्लुसिभ लिगको १४ औँ स्थनमा परेको छ । ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत ‘आईजे ग्लोबल’ पत्रिकाद्वारा प्रकाशित शिर्ष २० बैंकको सूचीमा नबिल बैंक परेको हो ।

बैंकले प्रेस विज्ञप्ती जारी गरेर शिर्ष २० भित्र पर्न सफल भएको जानकारी गराएको छ । बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइए अनुसार ‘आईजे ग्लोबल म्यागेजिन’ संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो, र विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ ।’ ‘आईजे ग्लोबल’ तथ्यांकले ३२ हजार भन्दा बढी कारोबारहरू, २६ हजार परियोजनाहरू र २ हजार १०० कोषहरू समावेश गर्दछ जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८० प्रतिशत, शीर्ष कानून फर्महरूको ९० प्रतिशत र शीर्ष वित्तीय सल्लाहाकारको ८५ प्रतिशतको बजार कभरेजको साथ दैनिक आधारमा अद्यावधिक गरिने कुरा विज्ञप्तीमा जनाइएको छ ।

यो मान्यताले नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा बैंकले लगानी परियोजनाहरु प्रदर्शन गर्दछ । वरीयता लिग तालिकामा नबिल बैंक १४ औँ स्थानमा छ, जुन ‘जी एसआईबी ग्लोबल सिस्टेमेटिक इम्पोर्टेन्ट बैंक’ शीर्ष २० मा पर्न सफल भएको छ । लिग तालिकामा नबिल बैंकको सूचीकरणले बैंकको बजार प्रोफाइल बढाउनुको साथै अन्तर्राष्ट्रिय बजारमा बैंकको साख स्थापित गर्ने अपेक्षा गरिएको छ ।

नबिल बैंकले शाखा बैंकिङ, ट्रेजरी, ट्रेड, कार्ड, रेमिट्यान्स र लगानी बैंकिङमार्फत १५० शाखा, १८७ एटिएम र १७० भन्दा बढी बैंकिङ साझेदारहरूसँग मार्फत अन्तर्राष्ट्रिय बजारमा पहुँच व्यावसायिक बैंकिङ सेवा गर्दै आएको छ । नबिल बैंक देशमा पूर्वाधार लगानी ठूलो ऋण सिन्डिकेशन व्यवस्थामा अगाडि छ । निर्माणमा आधारित उद्योगहरू, जस्तै, सिमेन्ट र स्टिल कलकारखानाले नबिल बैंकबाट कर्जा लिइ चलेका उद्योगहरूबाट देशको कुल खपतको ५० प्रतिशत माग पुर्ती गर्दै आएको छ ।

जलविद्युत क्षेत्रमा १ हजार ८ मेगावाट सम्मको आन्तरिक जलविद्युत उत्पादनमा अधिकतम नबिल बैंकको लगानी छ । त्यसैगरी नबिल बैंक निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको लागि देशकै सबैभन्दा ठूलो ऋण सिन्डिकेशन व्यवस्थापनको एक महत्वपूर्ण हिस्सा पनि हो ।