Dhulikhel Eco Banner new

कांग्रेस धनुषा क्षेत्र २ का सभापतिमा नविन गोहिवार निर्वाचित

3.98K
shares

जनकपुरधाम, १७ मंसिर । नेपाली कांग्रेस धनुषा क्षेत्र नम्बर २ को सभापतिमा नविन गोहिवार निर्वाचित भएका छन् । ३५१ मत ल्याएर निर्वाचित भएका गोहिवार शेखर कोइराला समूहका हुन् । उनलाई पूर्व सांसद दिनेश प्रसैलाले सभापतिका लागि उम्मेदवार बनाएका थिए ।

शेखर कोइराला समूहकै दाबी गर्ने भूपनारायण यादव ३१२ र संस्थापन पक्षका साधु गोइत मात्र १०० मत ल्याएका छन् । भूपनारायणलाई धनुषा २ बाटै निर्वाचित प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव र गोइतलाई पूर्व सांसद मुक्ता यादवले मैदानमा उतारेका थिए ।

शनिवार तामझामका साथ विदेह नगरपालिकाका ६ तीनकौरियास्थित श्री जनता नमुना प्राविधिक माध्यमिक विद्यालयमा पार्टीको क्षेत्रीय सभापतिका लागि शनिवार मतदान भएको थियो ।