Dhulikhel Eco Banner new

पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यको आज ११२ औं जन्मजयन्ती

6.08K
shares

काठमाडौं, १७ मंसिर । टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानले आज ११२ औं जन्मजयन्तीको अवशरमा शालीकमा माल्यार्पण गरेको छ ।

कोटेश्वरस्थीत माल्यार्पण कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शुसील प्याकुरेल, महासचिव डा कुन्दन अर्याल, स्व. टंक प्रसाद आचार्यकी छोरी डा मिना आचार्य, छोरा बीरभद्र आचाय, आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यलगायत बिशिष्ट ब्यक्तीहरुको उपस्थिति रहेको थियो ।

टंक प्रसाद आचार्यको कोटेस्वरस्थीत शालीकमा गरिएको माल्यार्पण कार्यक्रममा सहभागीहरुले टंक प्रसादको शालिकलाई कुनै देखिने स्थानमा नराखेर सरकारले अपमान गरेको बताएका थिए । शालिक कोटेको सडकको कुनामा राखिएको छ ।