सुनको मूल्य बढ्यो, चाँदीमा भने गिरावट
वि.सं.२०८० मंसिर २१ बिहीवार १२:२०
5.43K
shares
shares

काठमाडौं, २१ मंसिर । साताको सुन कारोबारको पाचौं दिन बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार ६ सय कायम भएको छ भने तेजाबी सुनको मूल्य एक लाख १८ हजार ५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो । २० रुपैयाँले घटेको चाँदी मूल्य १ हजार ४६० रुपैयाँ कायम भएको छ ।


















